Saturday, May 3, 2008

स्विट्जरल्यान्डमा बिजयउत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न

संसार लाई नै चकित पार्दै नेपाल मा हालै सम्पन्न भयको संबिधानसभा निर्वाचनमा नेकपा माओवादी अत्याधिक मत पायर संबिधान सभामा सबै भन्दा ठुलो दल को रुपमा स्थापित भयकाले र नेपाली जनता को भाग्य निर्माणको ढोका खुलेको सन्दर्भमा चारैतिर खुशीयाली छायको छ। र सोही खुशीयाली लाई हामी स्विट्जरल्यान्ड मा बसोबास गरेर नेपाली जनता को मुक्ती को लागि एकाकार गर्दै आयको र सामन्तबाद र सम्राज्यबादका बिरुद्द सङ्घर्श गर्दै आयको अन्तरराष्ट्रियताबादी नेपाली एक्यबद्दता मंच स्विट्जरल्यान्ड को आयोजनामा उल्यख्य सङ्ख्यामा नेपाली हरु तथा स्विस नागरिक का बिच मा अबिरजात्रा सहित को भब्य बिजयउत्सब कार्यक्रम सम्पन्न भयो।


सस्थाका अध्यक्ष अशोक चौलागाइ को सभापतित्व र सस्थाका सस्थापक सदस्य बिजय खनाल ले स्वागत गर्नु भयको कार्यक्रम लाई सस्थाका उपाध्यक्ष ठाकुर शुबेदी ले सन्चालन गर्नु भयको थियो।
ज्ञात अग्यात सहिदहरु प्रती एक मिनेट मौन धारण गरीशुरु भयको कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुना हरु लाई सस्थाका अध्यक्ष अशोक चौलागाइ ले अबिर लगाइ स्वागत तथा बधाई दिनु भयको थियो। सो कार्यक्रम मा लामो समय सम्म नेपालमा रहेर स्विस बिकास नियोग को सहयोग मा नापी भुमी सुधार मा कार्यरत स्विस नागरिक यदी मुलेमान ले स्विस को पुरानो ईतिहास लाई कोट्याउदै राजतन्त्रको अन्त्यको लागि स्विस नागरिक ले खेलेको भूमिका र देस निर्माण र बिकास को क्रम मा स्विस आर्मी लाई युरोप का बिभिन्न मुलुक मा आर्थिक बिकासको लागि पठायको ईतिहास सुनाउनु भयो,साथै उहाले “कुरो भन्दा काम” भन्ने बिचार का साथ नेकपा माओवादी लाई नयाँ नेपाल निर्माण को लागि बधाई तथा शुभकामना दिनु भयो।
प्रगतिशिल बिद्द्यार्थी हरु को ठुलो सहभागिता रहेको सो कार्यक्रममा उपस्थित सबैले आफ्नो परिचय तथा शुभकामना का साथै नेकपा माओवादीको बिजय ले आफुहरु लाई गौरबान्दित बनायको र यस ऐतिहासिक बिजय उत्सब कार्यक्रम मा सहभागी भइ बिजय मनाउन पाउदा अत्यान्तै खुशी लागेको बताउनु भयको थियो। सम्पूर्ण नेकपा माओबादिका उमेद्दार हरु लाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भयको थियो।
सो कार्यक्रम को अन्त्यमा “युद्दको मैदान बाट फर्कदा” नामक अपेरा कार्यक्रमको क्यासेट देखाइयको थियो।
finds the photo in www.swissnepal.wordpress.com