Monday, March 17, 2008

सेना परिचालन गरे रक्तपात हुन्छ - सि पि गजुरेल


काठमाडौं, २६ माघ/ नेकपा-माओवादी)का वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले संविधानसभा निर्वाचन गर्नका लागि मधेसमा सेना परिचालन आवश्यक नरहेको बताउनुभएको छ ।तराई बौद्धिक समाजद्वारा शनिबार राजधानीमा आयोजित ‘संविधानसभा चुनाव र मधेस आन्दोलन’ विषयक अन्तक्रिर्या कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले सेना परिचालन गरेर निर्वाचन भएमा त्यसको अर्थ नरहने बताउँदै भन्नुभयो-’सेनालाई अघि ल्याइएमा रक्तपातपूर्ण स्थिति आउनसक्छ, थुप्रै जनताले ज्यान गुमाउनेछन् ।’उहाँले अहिलेको प्रमुख एजेन्डा नै संविधानसभा निर्वाचन सम्पन्न गर्नु भएकाले तराईमा संघर्षरत समूहहरूलाई वार्तामा आउन आग्रह गर्नुभयो । ‘अब पनि निर्वाचन हुनसकेन भने सिंगो देश भड्खालोमा पर्ने सम्भावना छ, जसले परिवर्तन र अग्रगमनविरोधी राजावादीहरूलाई मात्रै फाइदा पुग्छ तसर्थ एक भएर निर्वाचनमा जाऔं’-उहाँको आग्रह थियो ।here is origional text

No comments: