Monday, March 17, 2008

बाम तालमेल नभय प्रतिगामिलाई फाईदा:प्रकाश

नेकपा एकताकेन्द्र मशाल का माहामन्त्री क. प्रकाश ले संबिधानसभा चुनावमा बामतालमेल हुन नसक्नु दुर्भाग्यपूर्ण भन्नुभयको छ। उहाले यदी समयमै बाम दलहरु गम्बिर भयर तालमेल नगरने हो भने यो दुर्भाग्यपूर्ण हुने र यसले बिदेसी चलखेल बडाउने र नयाँ नेपाल बनाउने जनता को सपना पुरा नहुने बताउनु भयको छ।
माहामन्त्री क.प्रकश द्वारा आज जारी बिग्यप्तिमा अगाडि भनियको छ गणतन्त्र स्थापनाका लागि बामदल हरु बिच तालमेल आबस्यक रहेपनी त्यस तर्फ प्रगती हुन नसक्दा सम्पूर्ण गणतन्त्र बादी र देसभक्त लाई निरास र चिन्तित बनायको छ। यता एमाले का नेता हरु बाम तालमेल को बिपक्छ मा कुरा गर्दै हिडिरहेका छन। भने नेकपा माओवादीको नेकापा एकता केन्द्र मसाल को चुनाबी मोर्चा जनमोर्चा नेपाल सँग हुने भनियको तालमेल को कुरा पनि अगाडि बड्न सकेको छैन । यसरी बामदाल एक आपसमा समझदारी/तालमेल नगरि चुनाव मा जादा प्रतिगामी तत्व ले यसको फाईदा उठाउने बारेमा सबै दल बेलैमा सचेत हुनु जरुरी छ I

No comments: